सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ५ सय रुपैयाँले बढेर २ लाख ५६ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ५ रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ३ हजार ९ सय ५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार