प्रतिनिधि सभा निर्वाचनका लागि आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस भएकी छन्।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी कैलाली क्षेत्र नम्बर ५ र बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी हुन्।

कैलाली ५ मा आरजुसहित ४ जनाको नाम सिफारिस भएको हो भने बर्दियामा उनीसहित १० जनाको नाम सिफारिस भएको हो।

बर्दिया २ मा सहमहामन्त्री किशोरसिंह राठौरको नाम पहिलो नम्बरमा र दोस्रो नम्बरमा आरजुको नाम सिफारिस भएको हो।

आरजु कैलाली ५ बाट चुनाव लड्ने तयारीमा छिन्। उनी २०७४ सालमा पनि यही क्षेत्रमा चुनाव लडेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार