निर्वाचन ढिलो गर्नु उपयुक्त होइन : गोकर्ण विष्ट

२०८२ पुष २, बुधबार

काठमाडौं : नेकपा एमालेका उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले यो महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू सामूहिकतामा विश्वास गर्ने भन्दै नेतृत्व हस्तान्तरण र रूपान्तरण हुनुको विकल्प नभएको बताए।

उनले भने, ‘मूल नेतृत्वमा दुई जनाबीच प्रतिस्पर्धा छ। म पार्टीलाई सामूहिक ढङ्गले चलाउनुपर्छ, नेतृत्व हस्तान्तरण हुनुपर्छ, रूपान्तरण गर्नुपर्छ भन्ने कुरामा विश्वास राख्दछु। महाधिवेशन प्रतिनिधिहरूले एउटा न्यायोचित फैसला गर्नुहुन्छ।’

उनले नेतृत्व रूपान्तरणको लागि आफूहरूले दुई कार्यकालको विषय उठाएको बताए । उनले थपे, ‘लोकतान्त्रिकीकरण भनेर पार्टी अध्यक्षले अगुवाइ गर्नुभएको थियो त्यसमा दुई कार्यकालका कुरा थिए। त्यो दुई कार्यकालको कुरो अहिले पनि लागू हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो, हाम्रो जोड थियो। यद्यपि विधान महाधिवेशनले त्यसलाई उल्टायो। फेरि पनि लोकतान्त्रिक अभ्यासलाई स्वस्थ मर्यादित भावनाका साथ सम्पन्न गर्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार