अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

२०८२ पुष ८, मंगलवार

काठमाडौँ : चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ।

सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो। ४ दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिए।

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको हो। केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार