मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ पुष ९, बुधबार

काठमाडौँ : दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गएराति दमक नगरपालिका-७ स्थित लालीगुराँस टोलको भित्री सडक खण्डमा हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको जस्तो देखिने बागमती प्रदेश –०२–०१७ प ३३४४ नम्बरको २२० सिसीको पंल्सर मोटरसाइकल अनियन्त्रित भई बाटोको पूर्वपट्टि पानी भएको ढलको नालीभित्र पसेर दुर्घटना भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार