रास्वपाको समानुपातिक सूचीमा ३८७ आकांक्षीको नाम सार्वजनिक

२०८२ पुष ११, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ।

पार्टीले समानुपातिकतर्फ ३८७ जनाको नाम सार्वजनिक गरेको हो। सार्वजनिक सूचीमा खसआर्य, जनजाति, मुस्लिम, मधेसी, दलितलगायत विभिन्न समुदायको प्रतिनिधित्व गरिएको छ। समानुपातिक समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको पार्टीले दाबी गरेको छ।

पार्टीमा समानुपातिकतर्फ उम्मेदवार बन्न ४१४ जनाले आवेदन दिएका थिए। तीमध्ये २७ जनाको नाम अन्तिम सूचीमा समावेश गरिएको छैन। आवेदनका लागि प्रति व्यक्ति ५० हजार शुल्क तोकिएको थियो। सूचीमा नाम समावेश नगरिएकाहरूलाई अनलाइन माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने पार्टीले जनाएको छ।

रास्वपाले समानुपातिक उम्मेदवारका लागि आन्तरिक प्रतिस्पर्धा गर्न चाहनेहरूका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो । यही शुल्कमार्फत पार्टीको खातामा २ करोड ७ लाख रुपैयाँ जम्मा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार