बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

२०८२ पुष ११, शुक्रबार

बैतडी : दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट खाल बस्ने ५१ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन् ।

यही पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका उनी आज स्थानीय गिठीखोला भिरमा मृत फेलापरेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । बुधबार स्थानीय बजारमा मासु ल्याउन गएका साउद घर नफर्केपछि खोजतलास गर्दै जाँदा आज अपराह्न मृत फेलापरेका र मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ र अनुसन्धान सुरु भएको जनाइएको छ । मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार