एमालेको सचिवालय बैठक बस्दै

२०८२ पुष १३, आईतवार

काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सन्दर्भमा छलफल हुने बताइएको छ । दलहरूले आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ । त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको एक नेताले बताए ।

साथै ११औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार