दाङ- २ मा एमालेबाट शंकर पोखरेल एकल सिफारिस

२०८२ पुष २०, आईतवार

दाङ : आसन्न प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दाङ-२ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए । यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो ।

२०७९ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेल २६ हजार ६ सय ८१ मतमा रोकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार