असईलाई कान्छी श्रीमती बनाएका डीएसपी नेपाल कारागार चलान

२०८२ पुष २०, आईतवार

काठमाडौँ : बहुविवाहको अभियोगमा पक्राउ परेका नवलपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बहुविवाहसम्बन्धी उजुरी परेपछि डिएसपी नेपाल र असई गीता पुरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरू दुवै मंसिरको तेस्रो हप्ता रुपन्देही प्रहरीसमक्ष पुगेका थिए ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणक्यमणि अर्यालको इजलासबाट नेपाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् । तर उनीसँगै पक्राउ परेकी असई गीता पुरीलाई भने अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

डिएसपी नेपालको जेठी पत्नी तारा नेपाल खनालले श्रीमानले बहुविवाह गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि यो मुद्दा अदालतमा गएको हो ।

डिएसपी नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने गीता पुरी बुटवलस्थित धागो कारखानामा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत असई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार