राष्ट्रिय सभाका १८ सिटमा ४४ जनाको उम्मेदवारी

२०८२ पुष २३, बुधबार

काठमाडौं : राष्ट्रिय सभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली सार्वजनिक हुनेछ ।

पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार