काठमाडौं : नेकपा (एमाले)को उमेदवार छनोटप्रति उपमहासचिव योगेश भट्टराईले असहमति जनाएका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा उनले तीनबुँदे नोट अफ डिसेन्ट राखेका हुन् । स्रोतका अनुसार, भट्टराईले उमेदवारको मापदण्ड नबनाइ बाँडिएको भन्दै असहमति राखेका हुन् । पार्टीलाई एकताबद्ध ढंगले लैजानुपर्ने अवस्थामा उमेदवारको छनोट त्यसरी हुन नसकेको धारणा भट्टराईले राखेका छन् ।
पार्टीभित्र महाधिवेशनको बेलाको भावनाका आधारमा नै हेरिएको भन्दै आपत्ति जनाएका हुन् । भट्टराईले लिखित असहमति भने आइतबार बुझाउने जानकारी गराएको बैठक स्रोतको दाबी छ ।





