विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने

२०८२ माघ ४, आईतवार

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही-२ बाटै उम्मेदवार बन्ने भएका छन् ।

शनिवारको सचिवालय बैठकले पौडेललाई पाल्पा-२ को टिकट दिएको थियो । तर चर्को विरोध भएपछि पार्टीको निर्णय सच्चिएको छ ।

बिष्णु पौडेल रुपन्देही-२ बाट चुनाव लड्न निश्चित भएपछि रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ । रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही-२ विष्णुप्रसाद पाडैल, रुपन्देही-३ बाट बासुदेव घिमिरे, रुपन्देही-४ बाट सुनिता थथेर र रुपन्देही-५ बाट खिमलाल भट्टराई उम्मेदवार टुङ्गिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार