नेपाली सेनाद्वारा धादिङमा माटोको ढिस्कोमा पुरिएका दुई जनाको उद्धार

२०८२ माघ १२, सोमबार

धादिङ : धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा माटोको ढिस्कोमा पुरिएका दुई जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

स्थानीयको घर प्लास्टर गर्ने क्रममा एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा परेर दुई जना पुरुष पुरिएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेनाको गजुरीस्थित भैरव दल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी उद्धार कार्य सञ्चालन गरेको हो।

उद्धारपछि घाइते दुवै जनालाई थप उपचारका लागि मलेखुस्थित टिचिङ हस्पिटलमा पठाइएको छ। समयमै गरिएको उद्धारका कारण उनीहरूको ज्यान जोगिएको स्थानीयले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार