बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

२०८२ माघ १३, मंगलवार

काठमाडौं : नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा सचिव चन्द्रकला पौडेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओमप्रकाश अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्षको रुपमा कामकाज गर्ने गरि नियुक्त गरेको हो ।

नेपाल बीमा प्राधिकरणको अध्यक्षनको जिम्मेवारी यस अघि जनक राज शर्माले सम्हाल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार