बारामा आमाछोराको हत्या, दुई घाइते

२०८२ माघ १४, बुधबार

काठमाडौँ : बाराको परवानीपुर गाउँपालिका १ रहरीया टोलमा गएराति आमाछोराको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।

अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया आमा सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको हो ।

आक्रमणमा परेर घाइते भएका ५० वर्षीय जगरुप महतो र २८ वर्षीय मनिता देवीको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । बुधबार राति करिब २ बजेको समयमा अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

प्रहरी उपरीक्षक कुँवरले भने, रातिको समयमा के कारणले आक्रमण गरेर हत्या भएको हो रु यसबारे हामीले अनुसन्धान सुरु गरेका छौं । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सहितको सवुत प्रमाण संकलन गरिरहेको छ । हत्यामा संलग्नको खोजीकार्य तिब्र पारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार