उद्योगहरू देशको मेरुदण्ड हुन्, राज्यले संरक्षण गर्नुपर्छ : बालेन

२०८२ माघ २२, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

चुनावी दौडाहाका क्रममा उदयपुर पुगेका बालेनले उद्योगहरू देशको मेरुदण्ड भएको बताए।

उनले भनेका छन्, ‘उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ। उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नु पर्छ ।’

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेपछि उनी देश दौडाहामा निस्किएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार