काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले यो निर्वाचनले परिणाम आउने, समस्याको समाधान नआउने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेखेर नेता बाँस्कोटाले एउटै पुस्ताले तीनपटक लडेर स्थापना गरेको लोकतान्त्रिक संसद् र सरकारले एक कार्यकाल पनि पूरा गर्न नपाएकाे उल्लेख गरेका छन् ।
०६४ पछि दल र नेता नै निर्णायक रहेका वेलामा समेत दुईपटक संसदबाहिरबाट सरकार बनेको उनले बताए । उनले लेखेका छन्, ‘फर्केर नहेर्ने हो भने फेरि उही नियतिको पुनरागमन मात्र हो– चुनाव पनि। परिणाम आउँछ– समाधान आउँदैन।’









