आईएमई लाइफलाई तीन वटा विधामा अन्तराष्ट्रिय पुरस्कार

२०८२ माघ २४, शनिबार

काठमाडौँ : इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त बैकंकमा आयोजित छैठौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।

उक्त पुरस्कार थाईल्याण्डकाे बैंकमा आयाेजित समाराेहमा आईएमई लाइफका सिईओ पवन खड्काले ग्रहण गरेका छन् ।

कम्पनीले उत्कृष्ट ग्राहक मुखि सेवा, बीमा कभरेजमा उत्कृष्ट रणनीतिमा संयुक्त अवार्ड र नेपाली जीवन बीमामा उत्कृष्ट महिला नेतृत्व गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो ।

यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट अन्तराष्ट्रिय निर्णायक मण्डलले निर्णय गरेको थियो । यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ । देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा रुपमा सहभागी भएका थिए भने उनले डिजिटल प्रविधि र एआई को उपयोगे र बीमा उद्योगका चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार