बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना बैंग्लोरबाट पक्राउ

२०८२ माघ २४, शनिबार

काठमाडौं : बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले ठगुन्नालाई भारतको बैंग्लोरबाट पक्राउ गरेको हो ।

ठगुन्नालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेनद्रनगर सुर्खेत पठाइएको हो ।उनीविरुद्ध जाजरकोटकी एक युवतीले बलात्कारा आरोपमा जाहेरी दिएकी थिइन् । उनी गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा ठगुन्नामाथि कारबाहीको माग गर्दै अनशनमा बसिरहेकी थिइन् ।

भुपेन्द्र दार्चुला नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड घर भई काठमाण्डौं रामशाहपथ बस्दै आएका थिए । उनीविरुद्ध जिल्ला अदालत, सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । सो क्रममा प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरेको हो । २५ मंसिर २०८० मा उनले भुपेन्द्र सिंह ठगुन्नाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार