वृद्ध दम्पतीको हत्या आरोपमा दुई जना पक्राउ

२०८२ माघ २४, शनिबार

काठमाडौं : ओखलढुंगामा वृद्ध दम्पतीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

यही माघ १३ गते चिशङ्खुगढी-६ भदौरेका ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भदौरेकै रहेको बताइएको छ । उनीहरू दाजुभाइ समेत रहेका एक अनुसन्धान अधिकृतले बताए । आइतबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन । चन्द्रविक्रम र चन्द्रमायाको हत्यापछि त्यहाँ लुटपाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार