बिमा कार्यक्रम सुधार हुन्छ, बन्द हुँदैन : सभापति थापा

२०८२ माघ २५, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बिमा कार्यक्रमलाई आवश्यक सुधार गरी हरेक नेपाली नागरिकलाई समेट्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा जारी गरेको भिडियो सन्देशमा उनले पैसा नभएकै कारण कुनै पनि नेपाली उपचारबाट वञ्चित हुन नहुने बताए। उनले भने, ‘हेल्थ इज नट च्यारिटी हेल्थ इज सेक्युरिटी।’

सभापति थापाले स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने, युनिभर्सल कभरेज सुनिश्चित गर्ने, विभिन्न सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्ने, तीन तहको स्वास्थ्य प्रणालीलाई जोड्ने र डिजिटल प्रणालीमार्फत चुहावट रोक्ने योजना रहेको बताए।

भिडियोमा उनले आफ्नो स्वास्थ्य मन्त्रीकालको अनुभव साट्दै धेरै नागरिकले पैसा नभएर उपचार छोड्नुपरेको र परिवारको सम्पत्ति सकिएको देखेकोले बिमा सुरु गरेको स्मरण पनि गराएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खल्तीबाट हुने स्वास्थ्य खर्च न्यूनतम हुनुपर्नेमा नेपालमा तीन गुणा बढी रहेको उनको भनाइ छ।

उनका अनुसार कांग्रेसले जिम्मेवारी पाएपछि स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर सुधार गर्ने, कभरेज बढाउने र अन्ततः खर्च लागे पनि (केही अपवादबाहेक) सबै कभर गर्ने अवस्था पुर्‍याउने लक्ष्य राखेको छ। यसले कसैलाई पनि घरखेत बेच्नु नपर्ने र राज्यले जिम्मेवारी लिने उनले दाबी गरेका छन्।

उनले स्वास्थ्यलाई संवैधानिक अधिकार ठानेर सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार