हंसपुर नगरपालिकाका मेयर यादवको निधन

२०८२ माघ २७, मंगलवार

काठमाडौं : धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधन भएको छ ।

मेयर यादवको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । गत शुक्रबार राति आफ्नै निवासमा रहँदा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

२०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार