काठमाडौँ : नेपाललाई ९ विकेटले हराउँदै वेस्ट इन्डिज जारी विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । नेपाल भने १ खेल अगावै नै बाहिरिएको छ । नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र १ विकेट गुमाएर पूरा गरेको हो । त्यो पनि २८ बल बाँकी रहँदै ।
होप ६१ र हेटयमार ४६ रन बनाएर नटआउट रहे । दोस्रो विकेटका लागि ९१ रनको साझेदारी भएको थियो । लगातार तेस्रो हारपछि प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ ।










