अर्घाखाँची : जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको चितुवा मरेको छ ।
गाउँपालिका–३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परी घाइते भएको चितुवालाई उद्धार गरी वन कार्यालय अर्घाखाँचीमा लगिएको थियो । उपचारको क्रममा सोमबार दिउँसो पोथी माउ चितुवा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।
चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । आइतबार रातिदेखि पासोमा परेर घाइते चितुवाको सोमबार उद्धार गरिएको थियो ।





