काठमाडौँ : इंग्लिस प्रिमियर लिग तालिकाको पुछारमा रहेको उल्भ्सले आर्सनललाई २–२ को बराबरीमा रोकेको हो ।
आर्सनलले दुई गोलले अगाडि रहेर पनि त्यसलाई कायम राख्न सकेन् । बुकायो साका र पिएरो हिनकापिएको गोलले आर्सनल सजिलो जिततर्फ अग्रसर देखिएको थियो । तर ह्युगो बेनोले उल्भ्सका लागि एक गोल फर्काएपछि रिकार्डो कालाफिओरीले इन्ज्युरी समयमा आत्मघाती गोल गरे ।










