बालेन शाहले हार्नु राम्रो हो, के हुन्छ हेराैंला : झलनाथ खनाल

२०८२ फाल्गुन ९, शनिबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन्।

शनिबार राजधानीमा आयोजित पार्टीको एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले नेकपाले १३८ सिटसहित सरकार बनाउने जिकिर गरेका हुन्। ‘नेकपाले आगामी निर्वाचनमा १३८ सिटसहित बहुमत ल्याउँछ,’ खनालले भने, ‘हाम्रो पार्टी राष्ट्रिय दल मात्र होइन, देशकै निर्णायक शक्तिको रूपमा उदाउँदैछ।’

रास्वपाका वरिष्ठ नेता बालेन शाहको विषयमा सोधिएको प्रश्नमा संक्षिप्त जवाफ दिँदै खनालले भने, ‘बालेन शाहले हार्नु त राम्रो कुरा हो, तर हेरौं अन्ततः के हुन्छ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचार र सक्रियताका बारेमा टिप्पणी गर्दै खनालले यसलाई विदेशी चलखेल भएको बताए।

उनले रास्वपाको लहरले आफ्नो पार्टीलाई कुनै असर नगर्ने दाबी गरे। ‘यो सब विदेशीहरूको चलखेल हो, यसले नेपाली राजनीतिमा केही फरक पार्नेवाला छैन,’ खनालले थपे, ‘उनीहरूको धेरै ठाउँमा शर्मनाक हार हुनेछ, तपाईंहरू हेर्दै जानुहोला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार