काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गरी दायर मुद्दामा पूर्वमन्त्री र सचिव साधरण तारेखमा छुटेका छन्।
बिशेष अदालतमा उपस्थित भएका पूर्वमन्त्री दिपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य साधरण तारेखमा छुटेका हुन्। बिशेष अदालतका न्यायाधीशहरू नाँयणप्रसाद पौडल, विदुर कोइराला र उमेश कोइरालाको इजलासले आइतबार साधरण तारेखमा छाड्न भनेको हो।
मिलेमतोमा लागत बढाएर विमानस्थल बढाउँदा ८ अर्ब ३६ करोड अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ मंसिरमा बिशेष पाँच पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। जून मुद्दाका धेरै आरोपीहरूलाई बिशेष अदालतले साधरण तारेखमा छाड्ने आदेश दिएको छ। त्यस्तो आदेशप्रति असन्तुष्टि जनाई अख्तियारले वेरितको निवेदन लिएर सर्वाेच्च अदालत समेत पुगेको छ।





