काठमाडौं : निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ।
आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सामेल भएको पाइएमा निर्वाचन आचारसंहिताको दफा ४८ बमोजिम कारवाही हुने आयोगले चेतावनी दिएको छ। शिक्षा ऐनमा समेत शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
‘शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानुनी दायित्वलाई मनन् गर्दै आचारसंहिता विपरीत हुने कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न नगराउन सचेत गराइन्छ,’ विज्ञप्तीमा उल्लेख छ।











