धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

२०८२ फाल्गुन ११, सोमबार

काठमाडौँ : नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

सोमबार हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई तत्काल थुनामुक्त गर्न नपर्ने आदेश दिएको हो । सर्वोच्चका सह-रजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले इजलासको आदेशबारे जानकारी दिए । इजलासले सरकारका नाममा बास्तोलालाई पक्राउ गर्नुको कारण स्पष्ट रूपमा पेस गर्न आदेशसमेत दिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । बास्तोला पक्राउ परेपछि सावित्रीकुमारी वलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाडौं तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखहरूलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार