काठमाडौं : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमान्को बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हरिहरपुरगढी ३ रानीपानी बस्ने बर्ष ४५ को जिते भन्ने वीरबहादुर राईले घरको कोठामा आफ्नी श्रीमती अन्दाजी ४५/४६ वर्षीया रिता राईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको जानकारी दिए । उनका अनुसार रिताको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी सहायक निरीक्षक नरेश कुमार रायको कमाण्डमा १२ जनाको टोली घटनास्थल गएका थिए । प्रहरीले आरोपित श्रीमान्लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलाकोटमा राखिएको छ ।










