लागुऔषधसहित तीन जना पक्राउ

२०८२ फाल्गुन १८, सोमबार

काठमाडौँ : लागुऔषधसहित मोरङ र झापाबाट तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागुऔषध ब्राउनसुगरसहित कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राजेश नेम्वाङ पक्राउ परेका हुन् । यसैगरी, विराटनगर महानगरपालिका–१६ दरैयाबाट खैरो हेरोइनसहित सुनसरीको धरान उपमहानगरपालिका–११ का २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ ।

अभियुक्तहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार