प्रचण्ड चितवनमा भोट हालेपछि हेलिकप्टर चढेर रुकुम पूर्व जाने

२०८२ फाल्गुन २०, बुधबार

रुकुम पूर्व : नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदानकै दिन जिल्ला जाने भएका छन् ।

आफ्नो स्थायी ठेगाना रहेको चितवनमा मतदान गरिसकेलगत्तै उनी हेलिकप्टरमार्फत रुकुम पूर्व ओर्लिने कार्यतालिका तय भएको हो । चितवनमा मताधिकार प्रयोग गरेर दाहाल बिहान ११ बजेभित्रै रुकुम पूर्व पुग्नेछन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार