काठमाडौं : दोलखामा मतदानका क्रममा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ।
दोलखाको तामाकोसी गाउँपालिका-४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा हवाई फायर भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए। उनका अनुसार मतदानका क्रममा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।
मतदाताले निर्वाचन कर्मचारीमाथि हातपात गर्न खोज्दा स्थिती नियन्त्रणमा लिइएको उनको भनाइ छ। हाल अवस्था नियन्त्रणमा आएको र मतदान प्रक्रिया अगाडि बढाइएको प्रशासनले जनाएको छ।





