रुकुम पूर्व पुगे प्रचण्ड

२०८२ फाल्गुन २१, बिहीबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र रूकुम पूर्व पुगेका छन् । बिहान चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि उनी हेलिकप्टरबाट रुकुम पूर्व पुगेका हुन् ।

उनले रुकुम पूर्वका मतदानकेन्द्रहरूमा पुगेर उम्मेदवारसँग कुराकानी गरेका छन् । रुकुम पूर्वबाट पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार