दोलखाको गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान अझै सुरु भएन

२०८२ फाल्गुन २१, बिहीबार

काठमाडौँ : दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान अझै सुरु भएको छैन । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएपनि दलका कार्यकर्ताहरू आपसमा विवाद गरेर बसेका हुन् ।

मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो । मतदान स्थलमा खटिएका दलका प्रतिनिधिहरूलाई प्रहरीले अहिले एकै ठाउँमा राखेको छ ।

मतदान गराउन निर्वाचन कार्यालयबाट खटिएका कर्मचारी तयार रहेपनि अझै मतदान सुरु नभएको निर्वाचन गराउन दोलखामा खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । उनले भने, ‘मतदान गर्ने वातावरण भएपनि राजनीतिक दलका कार्यकर्ताहरू आपसमा विवाद गरेर बसेको हुनाले मतदान सुरु हुन सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार