मोदी १० हजार मतले पछाडि

२०८२ फाल्गुन २२, शुक्रबार

विराटनगर : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वमन्त्री अमनलाल मोदी १० हजारमतले पछि परेका छन् ।

मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनलाई सन्तोष राजवंशीले भारी मतअन्तरले पछि पारेका हुन् ।

राजवंशीले हालसम्ममा १८ हजार ३० मत पाएका छन् । मोदीले ८ हजार ६४ मत पाएका छन् । काँग्रेसका महामन्त्रीसमेत रहेका गुरुराज घिमिरेले ६ हजार ३२८ मत पाउँदा एमालेबाट उम्मेदवार बनेका पूर्व प्रदेशमन्त्रीसमेत रहेका जीवन घिमिरेले ३ हजार ६९२ मत पाएका छन् । यो क्षेत्रबाट यसअघि दुई पटक अमनलाल मोदी निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार