प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु

२०८२ फाल्गुन २५, सोमबार

काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गर्ने भएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिएका छन् । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए ।

उनले लेखेका छन्,‘आज पोखरा पुगेर १० बजे देखि अमरसिंह चोकमा मेरो आत्म कथाको किताब बेच्न सुरु गर्नेछु। त्यसपछि पृथ्वीचोकमा १ बजे देखि र महेन्द्रपुलमा ४ बजे पछि बेचिनेछ। चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरु लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । बीरगञ्जमा कृषि औजार कारखाना मज्जाले चलि रहेकै छ, त्यसैले पैसा त त चाहियो नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार