राजीनामा दिने मनस्थितिमा कांग्रेस सभापति थापा

२०८२ फाल्गुन २५, सोमबार

काठमाडौँ : नेपाली कांग्रेस सभापति गगन थापाले राजीनामा दिने मनस्थिति बनाएका छन् ।

यसै क्रममा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच भेटवार्ता भएको छ । नयाँ बानेश्वरमा बेलुकीदेखि सुरु भएको दुई शीर्ष नेताबिचको छलफल जारी रहेको स्रोतले जनाएको छ । भेटका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएको बताइएको छ।

थापाले आफूले पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका छन् । ‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु,’ उनले छलफलमा भनेका उपसभापति शर्मा सचिवालय स्रोतले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार