काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग ३ विषयमा परामर्श गरेको छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बिहीबार दिउँसो ३ कसेको बैठकमा नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय गरेको छ । शपथका लागि तोकिएको मितिभन्दा अघिल्लो दिन आएर शपथको व्यहोरासम्बन्धी फारम भरेर बुझाइदिन सचिवालयका तर्फबाट दलहरूलाई आग्रह गरिएको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरी जानकारी दिए ।
उनका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ, संसदीय दलको व्यवस्थापन र सांसदहरूलाई अभिमुखीकरणका विषयमा परामर्श गरिएको हो ।सचिवालयले दलका कार्यालय कहाँ रहने भन्ने जानकारी दिएर दलका प्रतिनिधिहरूलाई त्यो कार्यालयमा रहने सचिवालयका कर्मचारीहरूसँग समन्वय गराइदिएको छ ।





