काठमाडौँ : दाङको तुलसीपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ।
टिपरको ठक्करबाट स्कुटर पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–९ की ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भएको हो। श्रीमान–श्रीमती सवार रा ७ प ६३३१ नम्बरको स्कुटर श्रीमान दुर्गा कँडेलले चलाएका थिए।
श्रीमानको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए।





