हावाहुरी सहितको असिना पानीले हवाई उडान प्रभावित

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौँ : हावाहुरी सहित आएको पानी र असिनाले त्रिभुवन विमानस्थल सहित नेपालका धेरै विमानस्थल प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विभिन्न विमानस्थलमा हवाई उडान र अवतरणमा समस्या हुँदा उडानहरू प्रभावित भएका छन् ।

वर्षा र मेघ गर्जनसहितको मौसमका कारण उडान सुरक्षामा चुनौती देखिएपछि जहाजहरूले सुरक्षित रूपमा अवतरण गर्न सकेका छैनन् । विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार विमानस्थल प्राविधिक रूपमा खुला रहे पनि प्रतिकूल मौसम र कम भिजिबिलिटी कारण जहाजहरू उडान र अवतरण गर्न नसकेका हुन् ।

भारतबाट काठमाडौँका लागि उडेको इन्डिगो एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि लखनउ डाइभर्ट गरिएको छ। त्यस्तै, कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज पनि नेपालको आकाशमा होल्डमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार