नेतृत्व नसच्चिए एमाले झन् कमजोर हुने पाण्डेको दाबी

२०८२ चैत्र ८, आईतवार

काठमाडौँ : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेतृत्व नसच्चिए आगामी निर्वाचनमा पार्टीको सिट संख्या अत्यन्त न्यून हुन सक्ने चेतावनी दिएका छन्।

बुटवलमा शनिबार चिन्तन अभियान नेपालले आयोजना गरेको कार्यक्रममा उनले पछिल्ला तीन निर्वाचनको नतिजा केलाउँदै एमाले मात्र होइन, समग्र पुराना राजनीतिक दलहरूको अवस्था कमजोर बन्दै गएको बताएका हुन्।

कार्यशैली परिवर्तन नगर्ने हो भने पुराना सबै दल ‘सामूहिक मलामी जाने’ स्थितिमा पुग्ने उनको भनाइ थियो। नेता पाण्डेले २०७४ सालको निर्वाचन सम्झँदै एमाले–माओवादी गठबन्धनले १७४ सिट जितेको भए पनि त्यस उपलब्धि जोगाउन नसकेको स्वीकार गरे। ‘पहिला कम्युनिस्टहरू ३/४ वटा बसमा आउँथे, २०७९ सम्म आइपुग्दा एउटा बसमा अट्ने भयौं, अहिले त माइक्रो बसमा अट्ने अवस्थामा छौं।

यस्तै अवस्था जारी रह्यो भने अर्को पटक स्कुटरमै अट्ने हुन्छ,’ उनले व्यंग्यात्मक रूपमा भने। उनले पार्टीभित्र कमजोरी सुधार गर्न कठोर निर्णय लिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार