ललितपुरमा इँटाभट्टाको वाल भत्किँदा एक जनाको मृत्यु, चार जना घाइते

२०८२ चैत्र ८, आईतवार

काठमाडौं : ललितपुर हरिसिद्धीको इँटाभट्टाको वाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा काम गर्ने महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दियो ।

रूकुम घर भई त्यहाँ काम गर्ने ५५ वर्षीया तिल्सरी खड्काको उपचारको क्रममा मृत्यु भएको हो। यस्तै चार जना घाइते समेत भएका छन्। उनीहरूलाई उपचारको लागि ठैबस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो।

सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाको ४६ वर्षीय नन्दकुमारी मगर र दाङका १९ वर्षीया सुमा कुमालको उपचार जारी छ। रूकुमकै २७ वर्षीया जानकी चन्दको उपचारका लागि मोडल अस्पतालमा लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार