आईपीएल २०२६ : सनराइजर्स हैदरावाद ६ विकेटले पराजित

२०८२ चैत्र १५, आईतवार

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)  २०२६ मा डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ।

शनिबार भएको उद्घाटन खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै बैंगलुरुले विजयी शुरुवात गरेको हो। सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १५.४ ओभरमा ४ विकेटको क्षतीमा पूरा गर्यो। उसका लागि विराट कोहली र  देवदत्त पाडिकलले अर्धशतकीय इनिङ खेले।

कोहलीले सर्वाधिक ६९ रन बनाउँदा पाडिकलले ६१ रन जोडे। यस्तै, कप्तान रजत पाटीदारले ३१ रनको योगदान दिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सनराइजर्सले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउदै २०१ रन बनाएको थियो। उसका लागि कप्तान इशान किशनले सर्वाधिक ८० रन बनाउँदा अनिकेत बर्माले ४३ रनको योगदान गरे।

आइपिएलमा आइतबार मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्स खेल्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार