सेयरबजारमा बाउन्स ब्याक, ५ वटा सेयरमा सर्किट ब्रेक

२०८२ चैत्र १७, मंगलवार

काठमाडौँ : लगातार दुई दिन उच्च अंकले घटेपछि सेयरबजारले ‘बाउन्स ब्याक’ गरेको छ। नेप्से १९.७० अंकले बढेको हो। योसँगै बजार २८५१.०९ विन्दुमा चढेको छ। यसअघि आइतबार ७१ अंकले र सोमबार ४७ अंकले झरेको थियो।

तेस्रो कारोबार दिन बढेसँगै ११ अर्ब ११ करोडको कारोबार भएको छ। यस दिन २ करोड ७९ लाख कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यो कारोबारमा १९५ वटा सेयरको मूल्य बढेको छ भने ६३ वटाको घटेको र ९ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

मंगलबार रिलायन्स लाइफ, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रो, रिजलाइन इनर्जी र होटल फरेस्ट इनको सेयर १० प्रतिशतले बढेको छ। यी ५ वटा सेयरधनीले क्रमशः प्रतिकित्ता २४३.५०, ५२.६०, ४३.९०, ३६.३० र ३१.८० रुपैयाँ आम्दानी गरेका छन्।

गिरावट आएका सेयरहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, रिडी पावर, धौलागिरि लघुवित्तलगायत छन्। यी सेयरहरु अधिकतम ८.९६ प्रतिशतसम्म घटेका छन्।

सर्वाधिक कारोबारमा रिडी पावर अगाडि छ। कम्पनीको ४८ करोडको किनबेच भएको हो। यसबाहेक अपि पावर ४० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र एसवाई प्यानलको ३७ करोडको तथा कुमारी बैंकको ३५ करोडको कारोबार भएको छ। यस दिन अन्य, म्युचुअल फन्डको घटे पनि बाँकी सबै समूह बढेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार