हेटाैँडा : मकवानपुरको थाहा नगरपालिका–१२ टिस्टुङस्थित त्रिभुवन राजपथमा गएराति ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। शनिबार राति करिब डेढबजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १७५० नम्बरको ट्रक सडकमै पल्टिएको हो।
ट्रकको अगाडिको दाहिनेपट्टि रहेको पट्टा भाँचिएर अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा ट्रक चालक धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ मौवाखोला निवासी अन्दाजी २७ वर्षीय ध्रुब घले सामान्य घाइते भएका छन्।





