उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा

२०८२ चैत्र २६, बिहीबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुखको उम्मेदवारबारे छलफलमा जुटेको छ ।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए । सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुखमा महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउँछन् । प्रतिनिधिसभामा राप्रपाका पाँच जना सांसद् छन् । त्यसमध्ये खुस्वु ओली र सरस्वती लामा महिला सांसद रहेका छन् ।

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ । भोलि शुक्रबार निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार