गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

२०८२ चैत्र २७, शुक्रबार

तनहुँ : नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका गर्न हिँडेका पदमार्गको प्रचारका निम्ति पदयात्रा सुरु भएको हो ।

पदमार्गमा पर्ने कोट, गढी, किल्लाहरुको संरक्षण तथा तिनको इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका पदयात्राको उद्देश्य भएको भद्रदल गणका गणपति गौरवसिंह क्षेत्रीले जानकारी दिए ।

गोरखा दरबारबाट आज बिहान सखारै प्रारम्भ भएको पदयात्रा तनहुँको सतिघाट– भन्सार–भीमसेनगढी–बाङ्गेरह– सेपाबगैँचा–टुहुरेपसल–तनहुँसुर –धेनुङ देउराली– केलादीघाट हुँदै आगामी वैशाख ७ गते पाल्पाको जितगढी पुगेर समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार