कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग

२०८३ बैशाख २, बुधबार

काठमाडौँ : नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका नेता पूर्णबहादुर खड्कासँग लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।

समितिको बुधबार सम्पन्न बैठकले उनलाई सात दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो।

समितिका अनुसार यसअघि चैत १४ गते पार्टीको आधिकारिक लेटरहेड प्रयोग गरी अनधिकृत रूपमा वक्तव्य जारी गरिएको विषयमा चैत १८ गतेको बैठकले उनलाई सचेत गराएको थियो।

त्यसपछि पनि चैत ३० गते पुनः आफ्नो जिम्मेवारीसँग असम्बन्धित दाबी गर्दै सार्वजनिक अभिव्यक्ति र प्रेस विज्ञप्ति जारी गरिएको घटनालाई अनुशासनहीनता ठहर गरिएको छ।

उक्त कार्य पार्टीको विधान विपरीत भएको निष्कर्षसहित विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम स्पष्टीकरण सोध्ने निर्णय गरिएको समितिले जनाएको छ।

Baishakh 02, Dicipilinary Committee Meeting स्पष्टिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार